२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

क्वारेन्टाईनमा बसेका ३०५ जनाले सडक अवरोध, प्रहरीले हवाई फाएर


३११४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • ३१ जेठ, रौतहट । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् ।

    उनीहरू क्वारेन्टिनमा बसेको १८/२० दिन हुन लागिसकेको छ भने स्वाब संकलन गरेर पठाएको एक साता पुगेको छ । तर एकसातासम्म रिपोर्ट नआएपछि उनीहरू आन्दोलित भएका हुन् ।

    समयमा रिपोर्ट नआएको विरोधमा बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकाहरूले शनिबार गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध गरेका हुन् । वडाध्यक्ष शेख अरिरुल्लाह भन्छन्, ‘२४ गते काठमाडौं स्वाब पठाएका थियौं । रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।’

    उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । क्वारेन्टिनमा बसेकाहरूले प्रहरीमाथि ढुङ्गामुढा गर्दै क्वारेन्टिन छोडेर भाग्न खोजेपछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । प्रहरीले १४ सेल अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको छ । प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । क्वारेन्टिनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमै पुर्‍याएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु