काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गुल्मीका धुर्कोट गाउँपालिका वडा नं ४ जैसीटोकका ३६ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या १९ पुगेको हो ।
मन्त्रालयका अनुसार जेठ १२ गते ती पुरुषलाई कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा जेठ ३१ गते आइसोलेसनमा मृत्यु भएको थियो । उनी क्यान्सर रोगबाट ग्रस्त थिए ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,बाँके,बारा, ललितपुर, अर्घाखाँची,दैलेख,बाजुरा, दोलखा,पाल्पा, सुर्खेत,कैलाली,डोल्पा, स्याङ्जा,चितवन,अर्घाखाँची,विरगञ्ज र पर्साबाट १/१ जनाको मृत्यु भएको हो । गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस