२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६०


१९८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या ५ हजार ७६० पुगेको बताए ।

    थपिएका नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १, झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९, सर्लाहीमा ६ जना, रौतहटमा २५, नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४, डोटीमा ३, कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३/३, रुकुम पश्चिममा २, प्युठानमा २, दाङमा ५४ जना छन् ।

    त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २ जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् । हालसम्मको संक्रमित जिल्ला ७३ रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार