२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या २१ पुग्यो


२०६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • ३ असार, नेपालगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

    कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।

    साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए । लम्कीचुहाका मेयर महादेव बजगाईँका अनुसार मृतक महिला केही समयदेखि बिरामी थिइन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार