२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नेपाली काँगे्रसका नेताहरु जनताको घरदैलोमा


२५४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईसरका कारण जनताको अवस्था बुझ्न नेपाली काँगे्रसका नेताहरु जनताको घरदैलोमा पुगेका छन् । महाँमारीको समयमा जनतालाई परेको समस्या समाधानको लागि बिकल्प सहित काँग्रेसका नेताहरु काभ्रेली जनताको घरदैलोमा पुगेका हुन् ।

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं श्रम बिभाग प्रमुख शिबप्रसाद हुमागाईको नेतृत्वमा पुगेका टोलीहरुले लागि रोशी गाउँपालिका वडा नम्बर १० वाल्टिङ, वडा नम्बर ११ र १२ को भिमखोरीका जनताहरुसंग भेटघाट गरेका थिए । स्थानियहरुसंगको भेटघाटको क्रममा महाँमारीको कारण उत्पन्न भएको समस्याको बारेमा जानकारी लिएका थिए ।

    भेटघाटको क्रममा नेपाली काँग्रेस नेता हुमागाईले नेकपाको नेतृत्वको सरकारले जनतालाई झुक्याएर सत्ता संञ्चालन गरेको बताएका थिए । ओली नेतृत्वको सरकारले नेपाली जनताको हितमा कुनैपनि राम्रो काम नगरी पार्टीको फाईदाको लागि मात्रै अगाडी बढ्दा दुःख लागेको बताए । उनले थपे—जनताको हितको लागि कार्य गर्ने पार्टी नेपाली काँगे्रस भएको बताए ।

    कागे्रस नेता हुमागाईले भने—माओवादी एमालेमा बिलिन भएपछि जनताको हितमा काम गर्ने अझ कमभएको हो । नेपाल र नेपालीको हितको खातिर कार्य गर्ने पार्टी नेपाली काँग्रेसले अवको नेतृत्वम गर्ने भएकोले केही समय धैर्य भएर बस्न सुझाव दिएका थिए ।

    त्यसैगरी पुर्व सांसद एवं नेपालि काँगे्रसका नेता तिर्थ लामाले जनताहरुको समस्यामा साथ दिने बताए । कृषकहरुलाई समस्या भएको रासायनिक मल, विउविजन तथा रोगनासक बिषादीहरुको सहज उपलब्धताको लागि पहल गर्ने बताए । साथै कृषि उपजको बिकृ बितरणको समेत व्यवस्था गर्ने बताए ।

    उक्त भेटघाट कार्यक्रममा काँगे्रस नेता रहेका हुमागाईं, जिल्ला सचिब दिनेश लामा, क्षेत्रीय सचिब गुणराज मोक्तान, प्रदेश क्षेत्रीय सभापति राम लामा, क्षेत्रीय सदस्य नवराज लामा, रोशी सभापति लालकुमार पाख्रिन, विदुर बर्तौला, वडा अध्यक्ष दुधराज तामाङ, शिक्षक एंव पत्रकार सरोज सापकोटा लगायतको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार