२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

राजस्व संकलनमा अप्रत्यासित गिरावट


२०७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • वीरगन्ज – देशकै मुख्य भन्सार नाका वीरगन्जमा चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनमा झन् अप्रत्यासित गिरावट आएको छ ।

    आयातीत वस्तुमा खासै गिरावट नआए पनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने अप्रत्यासित गिरावट आएको हो । गत आर्थिक वर्षको कार्तिकबाट लक्ष्य नभेट्दै आएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ महिनामा भने लक्ष्यको ४२ प्रतिशत पनि राजस्व संकलन गरेको छैन ।
    जेठ महिनाका लागि राजस्व विभागले देशको प्रमुख भन्सार नाका वीरगन्जलाई १६ अर्ब ८८ करोड ८३ लाख १२ हजारको लक्ष्य दिएको छ । त्यसमा वीरगन्ज भन्सारले जम्मा ४१ दशमलव ७५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यो भनेको लक्ष्यको आधाभन्दा कम अर्थात ७ अर्ब ५ करोड ६३ लाख मात्र राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले सूचना अधिकारी विमलप्रसाद साहले बताए । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार