२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

अमरज्योति माविले विद्यालय सञ्चालन गर्यो


२११० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • ७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो  बनाए  पनि सरकारले विद्यालयलाई  तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।

    विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको प्रधानाध्यापक थापाको भनाइ छ । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ ।

    विद्यालयले आइतबार कक्षा ७ का २० जना विद्यार्थीलाई स्वास्थ्य सावधानीका साथ दुरी कायम गरी पढाएको थियो । ७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखिएको थियो । ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकामा रहेर पढाएका छौं,’ प्राध्यानाध्यापक थापाले, ‘हामीले दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन गर्ने तयारी थालेका छौं ।’

    सामाजिक दुरी कायम गरेर पढाउन सकिन्छ कि भनेर पहिलो पटक अभ्यास गरेको उनले बताए । ‘सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा छौं, ’ प्रधानाध्यापक थापाले भने । उनका अनुसार एउटा बेन्चमा एक जना र करिब दुई मिटरको दुरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार