२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काठमाडौ आउनेलाई क्वारेन्टाईन नबसे कारबाही


२२७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा पनि अब तपाईंले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

    स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृहमन्त्रालयले उपत्यकाबाट काठमाडौँ आएर कोरोना परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिएमात्र अस्पताल आउन भनेको छ ।
    गृहमन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ । पत्रमा नियमानुसार आवश्यक कारवाही गर्न पनि आदेश दिइएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार