११ असार, काठमाडौं । खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
दुबईबाट आई क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरूलाई मंगलबार घर पठाइएको थियो ।
बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्, ‘उहाँहरूको स्वाब संकलन गर्ने नगर्ने नै अन्यौल थियो । स्वाब लिएछि पनि रिपोर्ट आउन ढिला भएपछि तीन दिन अगाडि घर जानुभयो ।’अब संक्रमण पुष्टि भएकाहरूलाई पाटन अस्पताल जान भनिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस