२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

नमोबुद्ध नगरपालिकाको बजेट ६३ करोड ८९ लाख


२३६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १२ असार २०७७ नमोबुद्ध । काभ्रे जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ

    नमोबुद्ध नगरपालिकाले सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७।७८ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आव २०७७।७८ का लागि नगर सभामा मेयर टि.पी. शर्मा तिमल्सिनाले ६३ करोड ८९ लाख ३४ हजार ५ सय ४१ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

    सातौं नगरसभामा नगरपालिकाले कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विषेश प्राथमिकता दिदैं नीति कार्यक्रम र बजेट सार्वजनिक भएको हो ।

    रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नमोबुद्धको बजेट तथा नीति कार्यक्रमले समेटेको  छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार