१२ असार, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको हो ।
ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका- ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बु ,अन्दाजी ४५ वर्षीया पहिचान नखुलेको महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस