२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

सरकारको विरुद्ध उत्रिय स्वतन्त्र युवा


२८१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • कपिलवस्तु ,१३ असार

    सरकारले ल्याएको नागरिकता बिधेयक विरुद्ध कपिलवस्तु सदरमुकाम तौलिहवामा स्वतन्त्र युवाहरूले विभिन्न नारा सहित बिरोध प्रदर्शन गरेका छन ।सत्तामा बसेर ढाकाटोपी लगाएकाले महाकाली बेच्ने अनि सधैं भरी धोती लगाउने मधेसीलाई कहिलेसम्म हेप्ने सरकार ?

    चारैतिर बाट असफल भएको सरकारले सबै नागरिकको ध्यान यो बिधेयकमा घुमाएर भुलाउन खोजेको तर हामी यो तिम्रा नालायकपना भुलिदैनौ । भ्रष्टाचारमा रमाउदै उखान टुक्का लाउनेहरु हिमाल देखि तराईसम्म हेर्न गए हुन्थ्यो कि सिमा सुरक्षा कसले गरेको हो र महाकाली कसले बेचेको हो त्यो पनि सार्बजनिक गर ।

    भारत र चीनले मिचेको जग्गा फिर्ता गर्न र सिमा सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गर्दै चर्को आलोचना समेत गरेका थिए ।राष्ट्रियता को बहानामा सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न मधेसी समुदायलाई नै निसाना बनाएकोले यो कुनै पनि हालतमा स्वीकार नहुने युवा नेता उदयभान यादवले बताए ।

    यसैगरी युवा नेता यादवले सबै भन्दा बढी राष्ट्रघात बंशजले गरेका छन् अब त्यस्ता बंशज नागरिकको राजनीतिक अधिकार कटाैती गर्नु पर्छ भनी सरकारसँग माग गरेका छन्। यसका साथै नागरिकता कानुनको बिरोध गर्दै स्थानीय युवा मनोज पान्डेले दोहोरो नागरिकता छानबिन गर्न माग गरे भने हाम्रो देशको नागरिकता कसले बेच्यो ? अंगकृत या बंशजले ? भनी प्रश्न गरेका छन् ।

    यसका साथै युवा नेता राजकुमार यादवले देशमा रास्ट्रघात गर्नेको नागरिकता सार्बजनिक गर्न माग गरेका छन् । उक्त कार्यक्रममा युवाहरूले सम्प्रदायिकता होईन सामुहिकता र एकता बढाउ सरकार भन्दै नाराबाजी गरेका थिए भने सबै युवाले हातमा प्ले कार्ड बोकेका थिए । उक्त कार्डमा ” भष्ट्राचार र असफलता राष्ट्रियताको मुद्दाले ढाक्न पाईदैन । उखान टुक्का हामीलाई चाहिदैन् । हिमाल, पहाड, मधेश र तराई यहाँ कसैलाई बनाउन पाइदैन् पराई । दोहोरो नागरिकता छानविन गर ।

    भारत र चिनले मिचेको भूभाग फिर्ताले, सरकार चौतर्फी सिमाको सुरक्षा सुनिश्चिता कहिले ? राष्ट्रियताको बाहानामा कोरोना, बेरोजगारी, भुल्न पाइदैन । सुन काण्ड मात्र किन ? नुन काण्ड पनि गरे हुन्थ्यो । ओम्नी देखी यति काण्ड के हो सरकार जान्न पाए हुन्थ्यो ? हाम्रो देशमा नागरिकता बेच्ने कस्ले ? सरकार जान्न पाए हुने बंशजवालाले की अङ्गिकृतवालाले ? सत्ताका बसेर ढाका टोपीलाएकाले महाकाली बेच्ने सधै भरि धोती लाउने मधेशीलाई हेप्ने?? उखान टुक्का लाउनेहरु हिमाल देखी तराई सम्म सिमा हेर्न गए हुन्थ्यो । महाकाली बेच्नेको नागरिकता कस्तो छ, हेर्न पाए हुन्थ्यो।” जस्ता विभिन्न नारा लेखिएको थियो । उक्त कार्यक्रममा बलराम चौरसिया , मुकेश त्रिपाठी, अनिल यादव, कृष्ण कहार, अकाश गौड लगायतका दर्जनौं युवा सहभागी भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार