१३ असार, धनगढी । बैतडीको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वषर्ीय पुरुषको मृत्यु भएको हो ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘रिर्पाेट आएपछि शवको व्यवस्थापन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस