२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

अरनिको राजमार्ग बिस्तारको लागि कार्य सुरु,सडक विस्तारका लागि १ अर्ब


२३७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • भक्तपुर — अरनिको राजमार्ग खण्डको सूर्यविनायक देखि धुलिखेल सम्मको सडक विस्तार कार्य सुरु हुनेभएको छ । सो सडक बिस्तार कार्यको लागि सडकको दायाँ बाँयामा रहेका रुखहरु हटाउनको लागि ०७६ । ०७७ मा ३५ लाख बजेटको व्यवस्था भएकोमा सोही अनुसार रुख काट्ने कार्य सुरु भएको छ ।

    डिभिजन सडक कार्यालय भक्तपुर र डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब ४ किलोमिटर सडकको दायाँबायाँका विभिन्‍न जातका ३ सय ९१ रुख शुक्रबारबाट काट्न सुरु गरिएको हो ।

    सरकारले आगामी आर्थिक वर्षमा अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक–धुलिखेलसम्मको करिब १२ किलोमिटर सडक विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सडक विस्तारका लागि सडकको मापदण्डभित्रका संरचना हटाउने, सिमांकन गर्ने कार्य भइसकेको छ । सडक विस्तारका लागि डीपीआर प्रक्रियाको चरणमा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार