२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कुष्ठरोग बिरामीको खोजपड्ताल अभियान


२३८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/सक्रिय बिधि द्वारा नयाँ कुष्ठरोग बिरामी खोजपड्ता अभिमुखिकरण गोष्ठि पाँचखालमा सम्पन्न ।
    प्रशिक्षक त्रय हरि पोखरेल, इन्द्र तामाङ र बिष्णु जैशी समेतका बिषयगत बिज्ञहरुले सहभागिहरुलाई प्रशिक्षित गरराउनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा बिज्ञहरुले पाँचखाल नगरपालिकामा कुष्ठ रोगबाट प्रभावित भएका ६ जनाले आनन्दबन कुष्टरोग अस्पताल बाट नियमित औषधि खादै गरेको जानकारी गराएको थियो । सोहि अस्पतालबाट औषधि खाई निको भएकाहरुलाई समेत सहभागी गराईएको थियो ।

    नयाँ बिधिद्वारा कुष्ठरोगको पहिचानको लागि आज बुधबारबाट तीन दिन सम्म घरदैलो कार्यक्रम सूरु भएको छ । कार्यक्रममा हाल औषधि खादै गरेका विरामीहरु पुर्ण रुपमा निको भएकाहरु, स्थानिय युवाक्लबहरु, स्वयंसेविका साथै स्वास्थ्यकर्मीहरुको समेतको सहभागितामा घरदैलो अभियान हुनेभएको छ ।

    पाँचखाल वडा नं ३, ४ र १२ लाई कुष्ट रोग प्रभावित वडाको रुपमा लिदै सो वडाहरुलाई प्राथमिकता दिदै घरदैलो अभियान चलाउने तयारी गरेको जानकारी प्राप्त भएको छ । घरदैलो अभियानबाट छालामा रोग देखिएकाहरुलाई रोग पहिचान गर्नको लागि पाँचखाल नगरको दुई स्थानमा व्यवस्था मिलाईएको छ । जसमा पाँचखाल प्राथमिक स्वास्थ्य कार्यालय र पाँचखाल वडा नं १२ मा रहेको स्वास्थ्य चौकिमा व्यवस्था मिलाईएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ३ का वडाअध्यक्ष सुन्दर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका मेयर महेश खरेल रहनु भएको थियो । मंगलबार पाँचखाल नगरपालिकाको हलमा भएको उक्त कार्यक्रमको लागि सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बागमति प्रदेश, स्वास्थ्य कार्यालय काभे्र पलाञ्चोक समेतको सहयोग गरेको थियो भने स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौडा पाँचखाल नगरपालिकाको बिशेष सहयोगमा कार्यक्रम संञ्चालन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार