काभ्रे । काभ्रेमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीया युवतीमा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।
उनका अनुसार संक्रमित ब्यक्ति कुबेतमा काम गर्दै आएकोमा जेठ २९ गते नेपाल फकेको थिइन । उनलाई टेकु हस्पिटल लैजाने तयारी भएको प्रमुख डा. झाले बताए ।
उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको सातौं कोरोना संक्रमित हुन् । यस अघि जिल्लामा ६ जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमितहरु मध्ये ५ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् भने एक जना टेकु हस्पिटलमा उपचारको क्रममा छन् ।
प्रतिक्रिया दिनुहोस