२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कोरोनाबाट ४५ दिने शिशुको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो


२७६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । काठमाडाैंकाे त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका ४५ दिने शिशुको बुधबार मृत्यु स्वास्थ तथा जनस‌ंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेकाे छ । बिहीबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

    म्याग्दीको बेनीनगरपालिका–४ घर भएका ती शिशु पोखराको एक अस्पतालमा जन्मेका थिए । जन्मेको केही दिनमा दूध खान नसक्ने लगायतका समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल काठमाडौं रिफर गरेको थियो ।

    पछिल्लो एक महिनादेखि शिशुको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेकोमा बुधबार उनको घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ संयोजक सन्तकुमार दासले उनको शल्यक्रिया अघि गरिएको स्वाब परीक्षणमा शिशुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार