२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनाको कारण काठमाडौमा एकको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो


१८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको थियो । उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसरी हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार