२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

मास्क नलगाउने १०२ जनाले तिरे जरिवाना


२३२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • २२  असार, वीरगञ्ज । बारा प्रहरीले मास्क प्रयोग नगर्ने १०२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

    संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।

    मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरिवाना तिराएर छोड्ने गरेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार