२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेको एक विद्यालयले टोल टोलमा पुगेर पडाउंदै विद्यार्थीलाई


२७९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। लकडाउनले गर्दा विद्यार्थीहरुको पठन पाठनमा समस्या नपरोस भन्ने उद्देस्यले काभ्रेको एक सामुदायिक विद्यालयले टोलटोलमा पुगेर अध्यापन गराउने कार्य गरेको छ ।

    नमोबुद्ध नगरपालिका– वडा नं ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयले विद्यार्थीहरुको भविस्यलाई मध्यनजर राख्दै टोल–टोलमा पुगेर अध्यापन गराउने साथै ‘गृहकार्य गराउने गरेको छ । शिक्षकहरुले कोरोना रोगकोबारेमा जानकारी गराउंदै दुरु कायमको बारेमा समेत जानकारी गराउंदै अध्यापन समेत गराउने कार्य गरेका छन् ।

    ‘शहरका विद्यालयले अनलाइन कक्षा चलाएका छन्, हाम्रा कतिपय अभिभावकसंग मोबाइल समेत छैन, भएपनि नेटवर्कको समस्या छ, त्यस कारण विद्यार्थी भेला गरेर गृहकार्य गरायौं,’ विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले भने ।

    अभिभावकलाई १५ दिन अघि खबर गरेर शिक्षकहरु विभिन्न टोलमा परिचालन भएर गृहकार्यसहितको कापी बाडेको थियौं, १५ दिनपछि फेरी गएर संकलन गरेका हौं ।’ विद्यार्थीलाई पढ्ने बानी नहटोस् भन्नका लागि यसो गरिएको अधिकारीले जानकारी दिए । साविक डराउनेपोखरी गाविसको एक मात्रै माध्यमिक विद्यालयमा करिब २ सय ५० विद्यार्थी अध्ययन गर्छन् । भौगोलिक रुपमा कठिन भेगको उक्त स्कुलमा कतिपयविद्यार्थीहरु दैनिक डेढ घण्टा पैदल हिडेर आउछन् ।

    गृहकार्य वितरण र संकलन गर्दा सुरक्षाका पर्याप्त उपाय अपनाएको र भौतिक दुरी कायम गरेको शिक्षक किशोर अधिकारीले जानकारी दिए । ‘विद्यालयमा पनि भौतिक दुरी कायम गरेर शिक्षकहरुले विद्यार्थीहरुको लागि कापीमा गृहकार्य तयार गर्यौ,’ अधिकारीले भने,। ‘शिक्षकहरु विभिन्न टोलमा परिचालन भएर गृहकार्यको लागि कापि बाडेउ र १५ दिनपछि संकलन गरेका छौं, अब त्यो परिक्षण गर्छौं ।’ विद्यालयले सरकारी पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि विद्यार्थीलाई उपलव्ध गराइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार