२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेमा माक्स नलगाई हिड्ने ३७० प्रहरी फन्दामा


२२०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    साउन २७, काभ्रे । कोरोना भाईरसको उच्च जोखिमबाट जोगिनको लागि सामाजिक दुरी कामय राख्दै घर बाहिर निस्कदा अनिवार्य रुपमा माक्स लगाउन सरकारले गरेको निर्देशन पालना नगर्ने ३७० जनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर कोरोनाको जोलिम र जोगिने उपाएको बारेमा जानकारी गराएर अव आयन्दा विना माक्स बाहिर ननिस्कने शर्तमा छाडिएको छ ।

    बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख योगेन्द्र तिम्सिनाको अनुसार माक्स नलगाई बजार निस्कने २२७ पुरुष र १४३ जना महिलालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर २० मिनेटको कोरोना सुरक्षा सम्बन्धि कक्षा लिएर अव आयन्दा विना माक्स बजार ननिस्कने शर्तमा छाडिएको जानकारी गराउनु भयो ।

    मुलुकका बिभिन्न स्थानमा विना माक्स घरवाहिर निस्कनेलाई रु १०० जरिवाना गरी छाड्ने गरिएता पनि काभ्रे प्रहरीले भने जरिवाना गर्ने गरेको छैन । आर्थिक रुपमा जरिवाना भन्दा पनि जनस्तरमा सामाजिक दुरी साथै माक्स अनिवार्य हुनुपर्ने चेतना प्रवाहको लागि प्रहरीले भुमिका खेलेको छ ।

    प्रहरीले नियन्त्रणमा लिई छाडे मध्यका एकले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो—काभ्रे प्रहरीले कोरोनाबाट बच्न र बचाउने बिषयमा खेलेको भूमिका अत्यन्त सकारात्मक लाग्यो जसको कारण सामाजिक दुरी कायम गर्नुपर्ने र माक्स अनिवार्यको बिषयमा आफुले पनि शंदेस दिदै प्रहरीको अभियानमा साथ दिने छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार