२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

मृगौलाको अवैध धन्दामा संलग्न तीन डाक्टर पक्राऊ


४२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो ।
    यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् ।  ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन ।  उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ । सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।प्रहरीका अनुसार लामो अनुसन्धानपछि ४ जनाको संलग्नता खुलेको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार