काभ्रे । काभ्रे जिल्लामा आज थप दुई जनामा कोरोना भाईरस पुष्टि भएको छ । विदेशबाट आएर क्वारेन्टाईनमा बस्दै गरेका उनिहरुको पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभे्रका प्रमुख डा.नगेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ ।
साउदीबाट असार १८ मा नेपाल आएका पाँचखाल वडा नं १० का २३ बर्षिय पुरुष र मण्डनदेउपुरका साउदिबाट असार १८ मा आएका २७ बर्षिय पुरुषलाई धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनीहरु दुबैजनालाई थप उपचारको लागि टेकु अस्पताल पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस