२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

ठुलो पार्टीमा अन्तरिक वहस हुनु नौलो कुरो हैन-सांसद दोङ


२२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । काभ्रे क्षेत्र नं १ बाट निर्वाचित संघिय सांसद गंगावहादुर दोङ (बमध्वज) ले नेकपा भित्रको आन्तरिक वहस ठुलो कुरो नभएको बताउनु भयो ।

    पाँचखाल वडा नं २ का समाजसेवि द्वय नविन कुमार सापकोटा र विनोद सापकोटाको पिता (एकिृत अखिल नेपाल शिक्षक संगठनका इलाका सदस्य) केदारनाथ सापकोटा र पाँचखाल वडा नं १० का एकृक्रित अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेका पुर्व जिल्ला समिति सदस्य रामहरि आचार्य तथा समाजसेवि दिपेन्द्र आचार्यको माता दिर्घ कुमारी आचार्यको निधनमा श्रदाञ्जली दिन घरमा जाने क्रममा सांसद दोङले भन्नुभयो—नेकपा पार्टीमा नेपाल र नेपालीको हितको खातिर कसरी अगाडी बढ्ने भन्ने बिषयमा छलफल भएको छ, कस्ले कुन पदमा रहेर अगाडी बढ्ने भन्ने बिषयमा छलफल भएको छ, यस्तो अवस्थालाई नेपकाको हित नचाहने विपक्षले अनरगल हल्ला मच्चाउदै गरेको कुरा नेपाली जनताले राम्रोसंग बुझेको बताउनु भयो ।

    सांसद दोङले थप्नुभयो—यो पार्टीभित्रको वहसले पार्टी फुट्दैन बरु थप निखारता ल्याउंछ, हालको भन्दापनि मजवुत हुन्छ । आन्तरिक वहस र छलफलको माध्यमबाट अगाडी बढ्ने नीति कम्युनिष्टको हो । सोही नीति अनुसार पार्टी अगाडी बढेको छ । नेपाली जनताले नेकपालाई जुन ढंगले अगाडी बढाएका छन् सो बिषयलाई स्मरण गर्दै पार्टी अगाडी बढेको छ । नेकपालाई फुटाएर फाईदा लिन सकीन्छकी भन्दै गोटी चाल्नेहरुपनि कम छैनन् तर उनिहरुको गोटीमा धमिरा लागिसकेको छ , त्यसैले नेकपा फुट्ला र आफुहरुले फाईदा लिउला भन्नेहरुको दिवा समनाले केही नहुने बताउनु भयो ।

    संसद दोङको नेतृत्वमा अनेमसंघ केन्द्रिय सदस्य रिता ढकाल, नेकपा जिल्ला कमिटि सदस्य दैवलाल घिसिङ, नेकपा जिल्ला कमिटि सदस्य राजकुमार श्रेष्ठ, नेपका जिल्ला कमिटि सदस्य एवं पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, पाँचखाल वडा नं २ का वडा सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपाका पाँचखालका नेताहरु रमेश गिरी, भरत सापकोटा, राजु दनुवार, नविन लामा, सुर्य तिमल्सिना लगाएका नेताहरुले घरघरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली तथा शोकमा रहेकाहरुप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार