२ साउन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘पहिरो गएको कतिबेला हो भन्ने नै एकिन भएन । हामीले पनि बिहान मात्रै थाहा पायौं,’ प्रवक्ता हमालले भने, ‘जानकारी हुने बित्तिकै टोली पुगेर शव बाहिर निकालिसकेका छौं ।’ उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थल पुगिसकेको प्रवक्ता हमालले बताए ।
प्रतिक्रिया दिनुहोस