२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पोखरी, नहरमा डुवेर तीनको मृत्यु


२२०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • अनिता मैनाली

    ४ साउन, सर्लाही । सर्लाहीका छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार गोडैता, बागमती र हरिपूर्वा नगरपालिकामा १–१ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना मानसिक सन्तुलन ठीक नभएका व्यक्ति छन् ।

    गोडैता नगरपालिका ८ बस्ने मानसिक सन्तुलन ठीक नभएका २५ वर्षीय विकाश  कुमार दासको घरबाट ५ सय मिटर दक्षिण रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, बागमती नगरपालिका ६ बस्ने गोबिन्द सुवेदीकी ४२ वर्षीया श्रीमती अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएकी उनी बागमती नगरपालिका ८ स्थित माइतमा बस्दै आएकी थिइन् ।

    त्यस्तै, बलवा नगरपालिका ९ घर भई हरिपूर्वा नगरपालिका ७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी ७ वर्षीया छोरी चाँदनी ठाकुरको पनि नहरमा डुबेर मृत्यु भएको छ ।

    उनी हजुरआमासँगै खेतमा काम गर्न गएकी थिइन् । हजूरआमाले धान रोपिरहँदा उनी गौशाला नगरपालिका ७ ट्याक्टर बाँधस्थित सेक्टर नहरमा पानी पिउन गएकी थिइन् । सोही क्रममा त्यही नहरमा डुबेर उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार