२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

अबिरल बर्षातको कारण पृथ्बि राजमार्गको पुल बगायो


४२७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • ५ साउन, काठमाडौं । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।

    चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको छ । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।

    अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार