गोरखा। आफ्नो बाल्यकालको चाहनालाई पुर्ण गरेर समाजमा सकारात्मक संदेश प्रदान गर्ने उद्देस्यका साथ अगाडी बढेकिछिन् गोरखा नगरपालिका वडा नं ८ कि एलिना श्रेष्ठ ।
कलाकारिताको क्षेत्रमार्फत समाजमा रहेको बिकृतिको अन्त्य गर्दै समृद्ध समाज निर्माणको लागि आफ्नो बाल्यकालको सोचलाई पुर्ण गर्न अगाडी बढेकिछिन् श्रेष्ठ । २०५३ साल चैत्र १६ गते जन्मिएकि श्रेष्ठले आफु सानै हुंदा पनि झुम्रोको पुतलि खेल्दादेखिको कलाकारिता क्षेत्रलाई उत्कर्षमा पुर्याउने लक्षका साथ अगाडी बढेकि छिन् ।
आफ्नो बाल्यकालको सपना पुरा गर्नको लागि एक बर्ष अगाडीबाट म्युजिक भिडियोको तयारी गर्दै छिन् । सामान्य परिवारमा बुवा बिरबहादुर श्रेष्ठ तथा माता नानू माया श्रेष्ठको कोखबाट जन्मिएकी एलिना आर्थिक अभाबकै विचबाट पनि आफ्नो लक्ष पुरा गर्ने दृड संकल्पका साथ अगाडि बढेकि छिन् ।
आफ्नो सपनाहरु साकार पार्ने सिलसिलामा काठमाडौं लगाएतका बिभिन्न स्थानमा पुगिसकेकी छिन् । कलाकारिता क्षेत्रमा आउने नयाँ आटिसलाई यो क्षेत्रमा लागेर आफ्नो पहिचान साथै समृद्ध नेपाल निर्माणमा साथ दिन उनि आग्रह गर्छीन । लकडाउनका कारण आफ्नो अभियानलाई समस्या परेपनि घरमै बस्ने क्रममा पनि केहिन केही प्रयास गर्दै गरेको उनको तर्क छ । मसंग साथै मेरा साथीहरुसंग लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि आफ्नो अभियान निरन्तर रहने उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस