अनिता मैनाली
७ साउन,सर्लाही । सर्लाहीमा खोला र नहरमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर दक्षिण खोलाको बगरमा बुधबार फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस