२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो


२६११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ८ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो । उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार