८ साउन, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । प्रज्ज्वलनशील पदार्थ छर्किएर बुधवार राति अज्ञात समूहले आगजनी गरेको नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले पनि आवश्यक छानबिन भइरहेको बताएको छ ।यसअघि ५ साउनमा कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस