२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

अनुशासन भंग गर्ने तीन कांङ्गे्सी नेता निलम्बित


२३७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । नेपाली काँग्रेसको  केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ ।

    शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५ ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए ।  यद्यपि भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो ।
    तर आफूले चुनावमा बेहोरेको हारको बदला लिन पौडेलले जोशीको कारबाहीमा जोड गरिरहेका थिए । यसअघि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका, बागीका प्रस्तावक तथा समर्थक बनेकाहरु गरी २ सय ९८ जनालाई पाँच वर्षका लागि बर्खास्त गरिसकेको थियो ।

    त्यस्तै ओझाले काँग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो । राणाविरुद्ध भित्रिरुपमा ‘टुरिस्ट भगाउ अभियान’ सञ्चालन गरेको ओझामाथि आरोप थियो ।

    यस्तै कार्यालय सचिव विष्ट र महिला संघका नेतृबीच झडप भएको विषयलाई लिएर कारबाही गरिएको छ । गत असार तेस्रो साता कार्यालय सचिव विष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार