२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

बाख्रा चराउन गएका दुई बालिका कहिल्यै घर नफर्किने भए


२३२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • ११ साउन, अनिता मैनाली सर्लाही

    सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् । ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

    उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार