प्रदेश प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको कार्य संचालन सम्बन्धी जानकारी लिने, मातहत कार्यालयहरुको समस्या, चुनौतीका साथै अपेक्षाहरुको बारेमा जानकारी लिने र प्रदेश प्रहरी कार्यालयसंग मातहतका कार्यालय प्रमुख वीच कार्य सम्पादन करार गर्ने उद्देश्यले आयोजना गरीएको उक्त कार्यक्रम बिभिन्न चरणमा गरी सम्पन्न गरीएको छ ।

प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती कार्यक्रमको प्रमुख उद्देश्य भनेको प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखहरु वीच कार्य सम्पादन करार गर्नु रहेको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको कार्य सम्पादन सम्झौतामा मातहतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरिएको छ । सुचकले निर्धारण गरेका बिषय अनुरुप कार्य सम्पादन गरी सार्वजनिक प्रशासन अन्तर्गत रहने प्रहरी प्रशासनको कार्यलाई स्तरीय, प्रभावकारी र कार्यको मुल्यांकन योग्य बनाउने, शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र आन्तरीक व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यवसायीक बनाउने उद्देश्यले मातहातका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन करार गरीएको हो । नेपाल प्रहरीमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरु बिच भएको यो कार्य सम्पादन सम्झौता पहिलो हो ।

वर्तमान बिषम परिस्थितीका कारण विभिन्न चरणमा आयोजना गरीएको उक्त कार्यक्रमको पहिलो चरण अन्तर्गत मिति २०७७ असार ५ गते धादिङमा आयोजना गरीएको थियो । उक्त कार्यक्रममा बागमति प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी भएका मातहत कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको वस्तुस्थितीका साथै समस्या, चुनौतीहरु प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरण पश्चात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका ६ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको थियो । पहिलो चरण अन्तर्गत कार्य सम्पादन करार गर्ने कार्यालय अन्तर्गत प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवा रहेका थिए ।

यसैगरी दोस्रो चरण अन्तर्गत बागमति प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यतामा २०७७ असार २७ गते काभ्रेमा संचालन गरीएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय र मातहतका ५ वटा जिल्ला प्रहरी कार्यालयका वीच कार्य सम्पादन सम्झौता भएको थियो । कार्यक्रममा सहभागी भएका मातहत कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको वस्तुस्थितीका साथै समस्या, चुनौतीहरु प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरण पश्चात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका ५ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको थियो । दोस्रो चरण अन्तर्गत कार्य सम्पादन करार गर्ने कार्यालय अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखा रहेका थिए ।
तेस्रो चरण अन्तर्गत मिति २०७७ साउन १० गते सम्पन्न गरीएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका ३ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको छ ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, बागमति प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेसंग कार्य सम्पादन सम्झौता भएको हो । यो संगै बागमती प्रदेश प्रहरी कार्यालयसंग कार्य सम्पादन सम्झौता गर्ने कार्यालय १४ वटा रहेका छन । बागमती प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादन सम्झौता गर्नु पर्ने कार्यालय पनि १४ वटानै रहेको छ ।

कार्य सम्पादन सम्झौताको मुख्य उद्देश्य

  • सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी वनाउने
  • तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसंग आवद्व गर्दै समग्रतामा जनता र संगठन प्रति जवाफदेही वनाउने
  • सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर वढाउन आन्तरिक क्षमता सुदृढ गर्ने
  • जिम्मेवारी क्षेत्र भित्रको विद्यमान सुरक्षा चुनौतीहरुको बिश्लेनषण गरी जनतालाई सुरक्षाको प्रत्याभुती दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्य अपराधहरुका साथै भ्रष्टाचारजन्य कृयाकलाप समेत हुन नदिने
  • स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सवल दर्जाको मनोबल उठाउने, जनता र प्रहरी विचको सहकार्यलाई निरन्तरता दिन नागरिकहरुमा विश्वामस र अपराधीहरुमा त्रास हुने अवस्था सिर्जना गर्ने

कार्य सम्पादन सम्झौताको बारेमा

  • यस सम्झौताको अवधि सामान्यतस् २०७७ श्रावण १ गते देखि २०७८ असार मसान्तसम्म १९एक० आर्थिक वर्षको रहने छ ।
  • सहभागी कार्यालयहरुले मासिक रुपमा प्रत्येक महिनाको अन्तमा कार्यसम्पादन जाहेरी पठाउने छन र सो को आधारमा सम्बन्धित कार्यालय प्रमुखको कार्यसम्पादन स्तरको अभिलेख व्यावस्थापन हुनेछ ।
  • कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याँकनसँग आवद्ध गरिनेछ ।
  • कार्य सम्पादनमा उल्लेखित सूचकहरु बमोजिम मातहत कार्यालयले सम्पादन गरेका कार्यहरु मासिक रुपमा र आ.व. समाप्त भएको ७ (सात) दिनभित्र कार्यसम्पादन सम्झौताको स्वस्मूल्याँकन प्रतिवेदन प्रदेश प्रहरी प्रमुख समक्ष वुझाउनु पर्नेछ ।
  • कार्यसम्पादन स्तरको मुल्यांकन मासिक रुपमा नै हुनेछ ।
  • कार्यसम्पादन सम्झौता अवधिमा अवकाश वा विभिन्न कारणवश जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने भएमा नयाँ वहाल हुने कार्यालय प्रमुखलाई हस्तान्तरण गरी सम्झौतालाई निरन्तरता दिईने छ ।