१३ साउन, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।
युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् ।
स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।‘युवक र युवतीको स्वास्थ्य परीक्षणसँगै युवकको उपचार पनि त्यहीं भइरहेको छ’ उनले भने । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नायकले बताए ।
प्रतिक्रिया दिनुहोस