२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

घुस लिने चार प्रहरी निलम्बन


२६८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • हेटौडा ।आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई आज -बुधबार) निलम्बन गरीएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई साउन १२ गते नियन्त्रणमा लिएको थियो ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको हो ।

    ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रह प्रकास जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रज योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रज अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रज लक्षमण कुमार महत्तोलाई निलम्बन गरीएको बागमती प्रहरी कार्यालय हेटौडाले जानकारी गराएको छ ।
    निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

    आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको बागमती प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक सुदिप गिरीले जानकारी गराउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार