२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बनेपामा ९ सय लिटर अबैध मदिरा नष्ट


३३८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकाको विभिन्न होटलबाट करीब ९०० लिटर घरेलु मदिरा इलाका प्रहरी कार्यालय बनेपाले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको टोलीले बुधवार उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो ।

    बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत होटलको अनुगमन गरिएको प्रमुख तिमल्सिनाले बताए । उनका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।

    प्रमुख तिमल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताए । यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरणमा प्रहरीले निगरानी बढाएको छ । बरामद गरिएको ९०० लिटर मदिरा नष्ट गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार