२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

नगरका मेयरलाई कोरोना पुष्टि


१८०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् ।‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’

    कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

    उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार