२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

हिजो पाँचखाल १० मा भेटिएको लासको हत्यामा संलग्न दुईलाई पक्राऊ


३३९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १६ श्रावण २०७७
    काभ्रे। काभ्रेमा जिल्ला, धुलिखेल नगरपालिका वडा नं. ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामी सीं तामाङको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेका हुन् ।

    पक्राउ पर्नेहरुमा धुलिखेल नगरपालिका वडा नं. ११ बस्ने बर्ष २१ को सन्जिव मैलानी र सोही वडा बस्ने बर्ष २३ को रुपेन्द्रमान लामा रहेका छन् ।

    विहिबार विहान ०५ः३० बजेको समयमा पाँचखाल नगरपालिका वडा नं. १० बेला स्थित बि.पि. राजमार्ग सडक खण्डबाट तामाङको लास फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी पौडेलका अनुसार पाँचखाल जाने भित्री कच्ची सडक खण्डमा तत्काल एकिन नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत लाश फेला परेको सूचना प्राप्त हुन साथ प्रहरीले अनुसन्धान थालेको थियो ।

    एसपी पौडेलको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेका थिए ।  मृतक तामाङको लाशको अनुहार समेत नचिनिने अबस्थामा चोटपटक रही, टाउको अनुहार तथा शरिरको बिभिन्न भागमा चोट पटक लागेको र हत्या गरेको देखिएकोले सुक्ष्म ढंगले अनुसन्धान गरेको पौडेलले बताए ।

    घट्ना घटेको थाहा पाएको करिब ११ घण्टामै हत्या गरी फरार रहेको व्यक्तिहरु पक्राउ गर्न सफल भएको एसपी पौडलले बताए । डिएसपी कुमार विक्रम थापाको टोलीले उनीहरुलाई पक्राउ गरेको पौडेलले जानकारी दिए ।

    अनुसन्धानको क्रममा पक्राउ परेका मैनालीले आफ्नो पेटीले तामाङको घाँटीमा बाँधी केही पर सम्म घिसारी दुवैजनाले ढुङ्गाले अनुहार टाउको तथा शरिरको बिभिन्न भागमा प्रहार गरी कर्तब्य गरी मारी फालेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

    दुईजना मध्य वडा नं. ११ मै लुकी छिपी बसेको अबस्थामा लामा पक्राउ गरेपछि मैनालीलाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ०४ ढुङ्गेसाँगु स्थित लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको बताइएका छन् ।

    एसपी पौडेलका अनुसार पक्राउ पर्नेहरुलाई ज्यान सम्बन्धी कसूर अन्तर्गत कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार