२० साउन, काठमाडौं । सुनको भाउ सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो ।
आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस