२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

घरमै बसी–बसी स्वरोजगार उत्पादन गर्नु नै तालिमको उद्देश्य हो


३८३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/सी.टि.ई.भि.टी.को राष्ट्रिय सीप परीक्षण समितिले पाँचखाल नगरपालिका वडा नं. ८ भित्र रहेका बेरोजगार महिलाहरुलाई लक्षित गरी सीपमूलक सिलाइ कटाई तालिम प्रदान गरेको छ ।

    उक्त सिलाइ कटाई तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले एक समारोहबीच प्रमाण पत्र वितरण गर्नुभएको छ । उक्त कार्यक्रममा वोल्दै उपप्रमुख लक्ष्मी दनुवारले सिलाइ कटाई तालिमले महिलाहरुलाई काममा लागि व्यवसायिक बन्न महिलाहरुले सहजै आर्थिकोपार्जन गर्नसक्ने छन् ।

    घरमै बसी बसी रोजगार पाउने र यस क्षेत्रका बासिन्दाले सिलाइ सम्बन्धी कामका लागि टाढा टाढासम्म जानु नपर्ने गरी सेवा पाउनेमा आफू विश्वस्त भएको बताउनुहुँदै सहभागिहरुलाई यो सिपलाई निरन्तरता दिइ दक्ष सूचिकार वन्न हौसला प्रदान गर्नुभएको थियो । विशिष्ट अतिथि संजय लामाले यस वडाका महिलाहरुलाई सिपमूलक तालिम दिई रोजगार वनाउन अरु थप सिप सिकाइएको र यदि कसैले टेलरिङ्ग खोलेमा वडाले हौसला स्वरुप व्यवसायिक सहयोग गर्ने वताउदै तालिम संचालन गरिदियकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सुन्दर अधिकारी, ले तालिमले सिकाएको ज्ञान र सिप नौ दिन नदेख्दा नौलो हुन्छ विस दिन नगरे विर्सन्छ भन्दै यसलाई निरन्तरता दिन उत्प्रेरित गर्नु भयो भने तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले तालिम दिनुको मुख्य तात्पर्य नै वेरोजगार महिलाहरु रोजगारमा लागेर व्यवसायिक वन्नु नै रहेकाले तालिमको सदुपयोग गर्न सूचिकारको काममा लाग्नु पर्ने वताउदै आगामी तालिमका गतिविधिका वारेमा प्रकास पार्नु भएको थियो । वडाध्यक्ष संजय तामाङ्गको विषेश आतिथ्यतामा, वडा नं. ३ का वडाध्यक्ष सुन्दर अधिकारी र वडा सदस्य शिव सापकोटा, प्रशिक्षक सर्मिला नापित लगायत प्रशिक्षार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

    कार्यक्रम पाँचखाल नगरपालिका—८, होक्सेमा प्राविधिक शिक्षा तथा व्यावसासयिक तालिम परिषद वालाजु स्कूल अफ इञ्जिनियरिङ्ग टेक्नोलोजीको सहयोगमा सञ्चालित निःशुल्क ३ महिने ३ सय ९० घण्टा कार्य अवधिको २० जना प्रशिक्षार्थि सहभागिहरुका लागि दिइएको सूचिकार (सिलाई कटाई) तालिम अन्तर्गत सी.टि.ई.भि.टी.को राष्ट्रिय सीप परीक्षण समिति ले तयार पारेको राष्ट्रिय सिप प्रमाणपत्र व्यवसायिक तह —१ को प्रमाणपत्र वितरण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार