२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

पाँचखालका सडकहरुमा फुलै फुलको हरियालीले ढाकीदै छ, फोटो फिचरको साथमा


२२०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । काभ्रे जिल्ला पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवारले लवग्रीन नेपाल नामक संस्थाले पाँचखालको हितको लागि कार्य गरेको बताउनु भयो ।

    सडकमा हरीयालीको साथमा सौन्दर्यता प्रदान गर्ने उद्देश्यले आज (बिहिवार) पाँचखाल नगरपालिका वडा नं ३ मा पर्ने जलढुंगे सर्वमंगला चारपिप्ले सडकको किनारामा वृक्षारोपन कार्यक्रमको उद्घाटनको क्रममा उप—मेयर दनुवारले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि दनुवारले भन्नुभयो— विगत २८ बर्ष देखि निरन्तर रुपमा पाँचखाल र आसपासको क्षेत्रमा कार्य गर्दै आएको लवग्रीन नेपालले पाँचखालमा रहेको पानीको स्रोतहरु संरक्षण, भू—क्षय नियन्त्रण साथै वातावरणको संरक्षणको लागि निरन्तर रुपमा अगाडी बढेको छ । पाँचखाल नगरले गर्नुपर्ने कार्यहरु लवग्रीन नेपालले गरेको छ, त्यसैले लवग्रीनसंग हातेमालो गरेर नगर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले भन्नुभयो—सुन्दर साथै नमुना गाउं बनाउनको लागि सडक किनारामा रोपेको बिभिन्न जातका फुलका विरुवाहरुले टेवा मिल्ने छ । पाँचखालको वातावरण साथै हरियाली र कृषिको क्षेत्रमा अथक योगदान पुर्याउंदै आएको लवग्रीनको पहलमा भएको बृक्षारोपन कार्यले गर्दा जलढुंगे सर्वमंगला चारपिप्ले सडक फुलै फुलले ढकमक्क ढाकेको नमुना साथै उदाहरणिय सडक बन्ने बताउनु भयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालिले पाँचखाल नगरमा रहेको बिभिन्न सडक किनाराहरुमा हरियाली साथै सुन्दरता प्रदान गर्ने उद्देस्यले कार्यको सुरुवात गरेको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालको सुन्दरताको लागि धेरै महत्वपुर्ण जिंको वाईलोवा लगाएतको विरुवाहरु रोप्ने योजना अनुसार कार्यको सुरुवात गरेको बताउनु भयो । उहाँले भन्नुभयो “हामी विरुवा रोपेर मात्रै छाड्दैनौ, विरुवाको संरक्षणको लागि बार बन्देजको व्यवस्था समेत गर्छौ साथै दुइ तीन बर्ष सम्म विरुवाको काँटछाट र संरक्षण लवग्रीनका प्राविधिकहरुले गर्नेछन् ।” हाम्रो उद्देश्यलाई स्थानियले साथ दिदै विरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनु भयो ।

    लवग्रीन जापान र मोदीरिनो वोक्रीनको सहयोगमा सम्पन्न भएको उक्त बृक्षारोपन कार्यक्रमको आयोजना लवग्रीन नेपालले गरेको थियो । सेती देवि महिला कृषक समुहको समन्वयमा भएको उक्त कार्यक्रममा विभिन्न २५ जातका १ सय ३० अति महत्वपुर्ण फुलका बिरुवाहरु रोपिएको थियो । कार्यक्रको सभापतित्व सेतिदेवी महिला कृषक समुहकी अध्यक्ष विमला अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन लवग्रीन जापानका संम्पर्क अधिकृत विमल दुलालले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार