काभ्रे । काभ्रे जिल्लाको बनेपामा र धुलिखेलमा गरी आज (विहिबार) तीन जनामा कोरोना पुष्टि भएको छ ।
आज दिउंसो एक जनामा कोरोना पुष्टि भएपनि बेलुका पख अन्य दुई जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ ।
प्रमुख झाकाअनुसार बारा जिल्ला बिश्रामपुर घर भई बनेपा नगरपालिका स्थित जनगालमा मोटर ग्यारेजमा कार्य गर्ने २० बर्षिय युवामा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको छ । त्यसैगरी बेलुकी पख आएको पिसिआर रिपोर्ट अनुसार बनेपा नगरपालिका वडा नं १ का २९ बर्षीय पुरुष र धुलिखेल नगरपालिका वडा नं ७ की ४४ बर्षीय महिलामा कोरोना पुष्टि भएसंगै आज काभ्रेमा तीन जनामा कोरोना पुष्टि भएको हो ।
बाराका २० बर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचार हुदै छ भने अन्य दुईजना मध्य एकलाई बनेपाको शिरमेमोरियल अस्पताल र एकलाई धुलिखेल अस्पतालमा ल्याउने तयारी हुदै गरेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस