२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

दोलखामा पैरो जाँदा एकको मृत्यु,१९ विस्थापित


२०५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २३ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ तुइनटारमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    बिहीबार राति करिब ११ बजेको समयमा घरदेखि माथिको भिरबाट खसेको पहिरोले लक्ष्मण बुढाथोकीको घर पुरिँदा उनको घरमा वेल्डिङ सम्बन्धी काम गर्दै आएका कालिन्चोक गाउँपालिका–८ सुनखानी घर भएका करिब २९ वर्षका सुरेश शिवाकोटीको घटना स्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्रचार्यले जानकारी दिइन् । शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट तर्फ पठाइएको उनले बताइन् ।

    प्रहरी निरीक्षक बज्रचार्यका अनुसार शिवाकोटीसँगै काम गर्दै आएका जाजरकोट ठेडागाड नगरपालिका–९ घर भएका २० वर्षीय लोकेन्द्र महतो चौधरी घाइते भएका छन् । चौधरीको सामुदायिक अस्पताल सिंगटीमा उपचारपछि डिस्चार्ज भइसकेको बज्रचार्यले बताइन् ।

    प्रहरी निरीक्षक बज्रचार्यका अनुसार लक्ष्मण बुढाथोकीसहित, राजेन्द्र बुढाथोकी, रामबहादुर तामाङ, भरत आचार्य र ईन्द्रमाया बुढाथोकीको घर पहिरोले पुरिएर पूर्णरुपमा क्षति पुगेको छ ।
    राजकुमार तामाङको घर भने पहिरोको उच्च जोखिममा रहेको उनले बताइन् । पहिरोले पाँच घर पुरिँदा र एक घर जोखिममा पर्दा सात जना बालबालिकासहित १९ जना विस्थापित भएको बज्रचार्यले जानकारी दिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार