२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा क्वारेन्टाईन्मा बसेकी महिलाले गरिन् आत्महत्या


२४५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे /काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छिन् ।

    गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । गत १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    स्वास्थ्यचौकीमा युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार