२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कोरोनाको कारण आज पाँचको मृत्यु


२२८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ ।

    पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो ।

    पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

    सर्लाहीका पुरुषलाई कुकुरले टोकेको थियो र, साउन १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

    यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा शुक्रबार दिउँसो ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

    वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार विहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

    कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । उनलाई ४र५ दिन ज्वरो आए पनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भएपछि परिवारका सदस्यले एडभान्स अस्पताल लगेका थिए । त्यहाँ चिकित्सकले अक्सिजन दिए पनि काम गरेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताएपछि अटो रिक्सामा राखेर नेशनल मेडिकल कलेज लगिएको थियो । तर नेशनलले पनि भर्ना नलिएपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगिएको थियो । चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

    योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । कोरोना संक्रमणबाटै वीरगञ्जका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ ।

    वीरगञ्जमै उपचारको क्रममा बाराका २ जना र रौतहटका १ जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमै एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    शुक्रबार साँझसम्म  नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ७० जनाको मृत्यु  भएको उल्लेख छ । उक्त तथ्यांकमा शुक्रबार नै वीरगञ्ज, विराटनगर र पाटन अस्पतालमा भएको रुपन्देही सुनौलीकी महिलाको मृत्यु समावेश छैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार