२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

म कुनैपनि गुटमा लाग्दिन -वमध्वज


२४१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • २६ श्रावण २०७७
    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध एक पछि अर्को गर्दै गम्भिर मोडमा पुगीरहेको बेला ६३ जना सांसदहरुले गुटमा नलाग्ने र पक्षविपक्षमा नबोल्ने घोषणा गरेका छन् । यसरी घोषणा गर्नेमा काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ सा सांसद गंगाबहादुर तामाङ (बमध्वज) पनि रहेका छन् ।

    शीर्ष नेताहरुको विवादले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कुनै पनि पक्षमा नलाग्ने उनीहरुले प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।आइतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन गरी नेकपा सांसदहरुले अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा अभिव्यक्तिसमेत नदिने लिखित प्रतिवद्धता सार्वजनिक गरेका छन् । यस्तो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा केपी ओली र प्रचण्ड–माधव दुवै गुटका सांसदहरु छन् ।

    ‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरुलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरुबाट सार्वजनिक ढंगले पक्ष–विपक्षमा अभिव्यक्ति दिने वा सहभागी हुने छैनौं ।’ सांसदहरुले हस्ताक्षर गरेको प्रतिवद्धतापत्रमा भनिएको छ ।

    तीनबुँदे प्रतिवद्धतापत्रमा पार्टीमा देखिने सबै प्रकारका अन्तरविरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्दतिअनुसार हल गरिनुपर्ने उल्लेख छ । उनीहरुले पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावना समेटिने गरी सामूहिक पहलकदमी हुनुपर्ने जनाएका छन् । केपी ओली पक्षका कृष्णप्रसाद दाहालको अध्यक्षता र प्रचण्ड पक्षका सुरेशकमार राईको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा तीनै गुटका सांसदहरुले बोलेका थिए ।

    दुवै गुटको पक्षविपक्षमा नलाग्ने प्रतिवद्धता जनाइएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, विशाल भट्टराई, जीवनराम श्रेष्ठ, गणेश पहाडी, अञ्जना विशंखे, राजबहादुर बुढा, नारदमुनि रानालगायतले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष–विपक्षमा विभाजित नहुने प्रतिवद्धता जनाएका थिए ।

    भेलाका अध्यक्ष अर्थ समितिका सभापतिसमेत रहेका दाहालले विगतमा जुन गुटमा हस्ताक्षर गरेको भए पनि आजकै मितिबाट पार्टी विभाजन वा कसैलाई हटाउने प्रयोजनले गरिने अभियानमा हस्ताक्षर नगरिने बताए । उनले बहुसंख्यक सांसदको अभियानले शीर्ष नेतालाई दबाव दिने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार