२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कोरोनाको कारण आज चारको मृत्यु,मृत्यु हुनेको संख्या ८० पुग्यो


२३९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • २६ साउन,

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा आज सोमबार मृत्यु भएको छ ।

    कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका विरामी यनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो र, उनको सोमबार विहान निधन भएको हो ।

    यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार