देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।
यस्तै मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०/२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३/३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २/२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १/१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस