२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

आज काभ्रेमा १० जना लाई कोरोना पुष्टि, धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेक सबै सेवा बन्द


२८१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    २९ श्रावण २०७७
    काभ्रे। काभ्रे जिल्लामा आज (बिहीबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार संघिय प्रहरी कार्यालय जनगालका ६ जना प्रहरीहरु मध्य ४ पुरुष २ महिला, मण्डन देउपुर नगरपालिका वडा नं ५ का ६९ बर्षीय १ महिला, धुलिखेल न.पा ७ बस्ने बर्ष ५५ को महिला एक, साविक धुलिखेल न.पा वडा नं २ बस्ने बर्ष ३० को महिला एक र मण्डनदेउपुर नगरपालिका वडा नं १२ बर्ष ५० को एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।संक्रमित १० जना मध्य ६ जनालाई प्रहरी अस्पताल काठमाडौ र बाँकी ४ जनालाई धुलिखेल अस्पतालमा उपचार गरिदै छ ।

    काभ्रे जिल्लामा आज (बिहीबार) सम्ममा कोरोना संक्रमितको संख्य ६८ जना पुगेको छ । २९ जना विभिन्न आइसोलेसनमा थप उपचारपछि निको भएर घर फर्किसकेको र ३८ जनाको उपचार भइहरेको जिल्ला प्रमुख डा. झाले जानकारी दिनुभयो ।

    धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि धुलिखेल अस्पतालमा इमरजेन्सी बाहेकको ओपिडी सेवा सबै बन्द गरिएको छ ।

    अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण भएपछि सबै विभागमा सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी सहित इमरजेन्सी सेवा बाहेक ओपीडि सेवाहरु बन्द गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार